यू–१९ एसिया कप क्रिकेट, नेपालले पहिलो खेल पाकिस्तानसंग खेल्ने

काठमाडौ– यू–१९ एसिया कप २०२३ को खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले सार्वजनिक गरेको तालिकामा नेपाल समूह ‘ए’ मा परेको छ ।
समूह ‘ए’ मा नेपाल सहित भारत, पाकिस्तान र अफगानिस्तान छन् । अर्को समूहमा भने बंगलादेश, श्रीलंका, युएई र जापान छन् । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा र दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ खेल्नेछ । नेपालले समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ । समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन् । फाइनल खेल पुस १ मा हुनेछ ।