तिहार सकिएलगत्तै १० वटा जहाज खरीद प्रकृया अघि बढ्ने

18 Shares

काठमाडौ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिहारपछि थप १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गरिने जानकारी दिएका छन ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले तिहारपछि ठूला–साना गरि थप १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गरिने जानकारी दिएका हुन्छ । उनले अहिले साना ३ वटा जहाज खरिदका लागि टेन्डर भइसकेको भन्दै बायुसेवा निगमसंग भएको ३ वटा र नयाँ ३ जहाजले २२ वटा आन्तरिक बिमानस्थलमा उडान भर्ने बताए ।

भूकम्प लगाएतका अन्य घटनाले नेपालमा थप राष्ट्रिय जहाजहरुको आवश्यकता पुष्टि भएको उनको भनाइ छ । मन्त्री किरातीले पर्यटन भित्राउन जहाजको आवश्यकता रहेकाले नीति योजना र इच्छाशक्ति भए जहाज ल्याउने अनेक उपायहरु रहेको जिकिर गरे ।

त्यस्तै उनले पर्यटकहरुलाई आवश्यकता अनुसार होटल सञ्चालनमा निजी व्यवसायहरुलाई राज्यले सहयोग गर्ने आश्वासन दिए ।

सम्बन्धित समाचार

सबै