सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा मनाइँदै, विभिन्न कला देखाउँदै नेपाली सेना (भिडियो)

काठमाडौँ – काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदैछ । घोडा दौडाएर मनाइने घोडेजात्राको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम टुँडिखेलमा अहिले शुरु भइसकेको छ ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवा घोडे जात्रामा सहभागी भएका छैनन् । किनकी उनी आज नै तीन दिने भारतभ्रमणका लागि त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेको छ । नेपाली सेनाले अश्वकला, अश्व दौडलगायत प्रदर्शनी गरेर सैनिक मञ्च टुँडिखेलमा जात्रा मनाउने परम्परा छ ।