विश्वकप क्रिकेट : भारतद्वारा अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप क्रिकेट : भारतद्वारा अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौ– विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले पुरै ५० ओभरमा अल आउट भई २४० रन जोडेको हो ।

एघार ओभर नपुग्दै ८६ रन बनाउँदा ३ विकेट गुमाएको भारत निकै दवावमा थियो । विराट कोहली र केएल राहुलले खेलमा केही सुधार गरेपछि सम्मानजनक स्थितिमा पुगेको भारत त्यसपछि भने चम्किन सकेन । कोहली ५४ र राहुल ६६ रन बनाएर आउट भएका थिए ।

Reporter