कार्यसम्पादन प्रभावकारी बनाउन उपायसहित सुझावका लागि समिति गठन

कार्यसम्पादन प्रभावकारी बनाउन उपायसहित सुझावका लागि समिति गठन

काठमाडौ– गृह मन्त्रालयले कार्य सम्पादन प्रभावकारी बनाउन गर्नुपर्ने उपाय तथा कार्ययोजना तयार पार्नका लागि अध्ययन समिति बनाएको छ । मन्त्रालयले पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।
समितिका सदस्यमा शरदचन्द्र पौड्याल, शंकर प्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा.खङ्ग केसी छन् ।

यसैगरी पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम पनि अध्ययन समितिमा छन् । समितिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, विपद न्यूनीकरण तथा व्यवस्थापन र राष्ट्रिय परिचयपत्रको क्षेत्रमा अध्ययन गरी सुझाव दिन तीन महिनाको अवधि दिइएको छ ।

Reporter