प्यालेस्टाइन-इजरायलको बिग्रदो अवस्था बारे चिनियाँ राष्ट्रपति सी र फ्रान्सेली राष्ट्रपति म्याक्रोन चिन्तित

प्यालेस्टाइन-इजरायलको बिग्रदो अवस्था बारे चिनियाँ राष्ट्रपति सी र फ्रान्सेली राष्ट्रपति म्याक्रोन चिन्तित

चिनियाँ राष्ट्रपति सी चिनफिङ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्यालेस्टाइन-इजरायल बीचको बिग्रदो अवस्था बारे चिन्ता व्यक्त गर्नु भएको छ ।

उहाँहरूले त्यहाँको अवस्था थप बिग्रनबाट जोगिनका लागि विशेष गरी थप गम्भीर मानवीय सङ्कट बढ्न नदिन सचेत हुन आग्रह गर्नु भएको छ । दुई राष्ट्र प्रमुखहरूले टेलिफोन कुराकानीमा प्यालेस्टाइन-इजरायली द्वन्द्व समाधान गर्न दुई-राज्य समाधान नै आधारभूत उपाय र उत्तम विकल्प रहेको औल्याउँनु भएको छ ।

nepal one