युवा संघले मंसिर ७ गते युवा–विद्यार्थी विशेष कार्यक्रम गर्ने

काठमाडौँ – नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मंसिर ७ गते नै युवा–विद्यार्थी विशेष कार्यक्रम काठमाडौंको तीनकुनेमा गर्ने जनाएको छ । सोमबार एक सूचना जारी गर्दै युवा संघले सो कुरा जानकारी गराएको हो ।
सरकारले माइतीघरदेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको भए पनि युवा संघले तोकिएकै मिति र समयमा कार्यक्रम गर्ने बताएको हो । मंसिर ७ गते नै व्यवसायी दुर्गा प्रसाईको समूहले पनि काठमाडौँमा विरोध प्रदर्शनको कार्यक्रम गर्दैछ।
