चीन-फ्रान्स सम्बन्ध नयाँ उचाइमा पुर्याउँन राष्ट्रपति सीको आग्रह

चीन-फ्रान्स सम्बन्ध नयाँ उचाइमा पुर्याउँन राष्ट्रपति सीको आग्रह

चिनियाँ राष्ट्रपति सी चिन फिङले सोमबार आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग चीन-फ्रान्स मित्रतालाई अगाडि बढाउन र सम्बन्धलाई नयाँ उचाइमा पुर्याँउन आह्वान गर्नुभएको छ। सन् २०२४ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सव मनाइँदै गर्दाको पूर्वसन्ध्यामा दुवै पक्षले इतिहासका विभिन्न कालखण्डका आवश्यकतालाई बुझेर मौलिक नियतमा अडिग रहनुपर्ने र परम्परागत मित्रतालाई अगाडि बढाउनुपर्ने राष्ट्रपति सीको धारणा छ ।

समकक्षी म्याक्रोनसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले चीन-फ्रान्स सम्बन्धलाई नयाँ उचाइमा पुर्याभउनुपर्ने धारणा व्यक्त गर्नु भएको हो । राष्ट्रपति सीले चिनियाँ बजारमा फ्रान्सेली उत्पादनको बढ्दो अवस्थामा रहेकोमा चीन खुसी रहेको भन्दै चीनमा फ्रान्सेली उद्यमहरूको थप लगानीलाई स्वागत गर्ने बताउनु भएको छ ।

टेलिफोन वार्तामा उहाँले फ्रान्समा चिनियाँ उद्यमहरूको लगानीका लागि फ्रान्सले निष्पक्ष र भेदभावरहित व्यापारिक वातावरण उपलब्ध गराउने आशा पनि चीनले लिएको उल्लेख गर्नु भएको छ ।

nepal one