देउवा भारत भ्रमणमा गएपछि खड्कालाई पार्टीको कार्यवाहक सभापति

देउवा भारत भ्रमणमा गएपछि खड्कालाई पार्टीको कार्यवाहक सभापति

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार ३ दिने भारत भ्रमणमा गएका छन् । उनी भारत सरकारको निमन्त्रणामा भारततर्फ गएपछि पार्टीले उनी स्वदेश नफर्कुञ्जेलसम्मका लागि पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेको छ ।

नेता कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका छन् । उनले लेखेका छन् – ‘नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा भारततर्फ प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति श्री पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ । ‘

nepal one