नयाँ दिल्ली पुगेको प्रधानमन्त्री देउवासहितको टोली डिनर गर्दै, पहिलो दिन के-के भयो ? (फोटोफिचर)

नयाँ दिल्ली पुगेको प्रधानमन्त्री देउवासहितको टोली डिनर गर्दै, पहिलो दिन के-के भयो ? (फोटोफिचर)

काठमाडौं – तीन दिनको भारत भ्रमणका लागि नयाँदिल्ली पुगेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् ।

उनले शुक्रबार मात्र दुई भेटवार्ता गरेका छन् । विमानस्थलबाट ओर्लिएपछि देउवाले विदेशमन्त्री एस जयशंकरसँग नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेट गरे । त्यसपछि उनी भाजपाको मुख्यालय पुगे ।

पार्टी कार्यालयमा देउवालाई भाजपाका अध्यक्ष नड्डाले स्वागत गरेका थिए । भाजपाको मुख्यालयमा नेपाल–भारत सम्बन्ध र द्विपक्षीय हितका बिषयमा छलफल भएको बताइएको छ । उनीहरुबीच नेपाली काँग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध बारे पनि छलफल भएको बताइएको छ ।

त्यसपछि देउवसहितको टोली डिनरमा व्यस्त भएको छ । तस्बिरमा देखाएजस्तै देउवा डिनरमा सहभागी भएका छन् । उनले शनिवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

nepal one