नागरिक स्वतन्त्रताका लागि प्राण उत्सर्ग गर्ने सहिदको योगदानलाई भूल्न हुदैँन : उपप्रमुख डङ्गोल (भिडियो सहित)

58 Shares

काठमाडौँ / सहिद सप्ताह अन्तर्गत सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको काठमाडौँको सिफल उकालोमा स्मृतिसभा गरिएको छ । सहिद सप्ताह मूल समारोह समिति काठमाडौँ महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृतिसभा गरिएको हो ।

कामपाले यही माघ १० गतेदेखि माघ १६ गतेसम्म सहिद सप्ताह कार्यक्रम गर्दै आएको छ । सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै कामपाको उपप्रमुख सुनिता डङ्गोलले नागरिक स्वतन्त्रताका लागि प्राण उत्सर्ग गर्ने सहिदको योगदानलाई भूल्न नहुने बताइन् । उनले सहिद धर्मभक्तको नामबाट महानगरले मानवसेवा आश्रम बनाउने जानकारी दिइन् ।

विसं १९६६ आश्विन ९ गते काठमाडौँको ओमबहाल, नबहिलमा जन्मनुभएका माथेमालाई तत्कालीन सासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कात्तिक २ गते पक्राउ गरिएको थियो । उहाँलाई १९९७ माघ १३ गते काठमाडौँको सिफलमा ३१ वर्षको उमेरमा बकाइनोको रुखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो ।

सम्बन्धित समाचार

सबै