काठमाडौँ / अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा अगाडि बढ्ने स्पष्ट मार्गचित्र तयार भएको बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन गर्दै अर्थमन्त्री महतले यसअघि मुलुकको आर्थिक अवस्थामा समस्या देखिएपनि अहिले अगाडि बढ्ने स्पष्ट मार्गचित्र तयार भएको बताएका हुन् ।
उनले राजनीतिक पूर्वाधार तयार गरिसकेको र अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक रहेकोमा यसैमा ध्यान केन्द्रीत रहेको धारणा राखेका छन् । मन्त्री महतले मूल्यवृद्धि नियन्त्रणमा रहेको ब्याजदर घटिरहेको र आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको जिकिर गरे । उनले अर्थतन्त्रका बिषयमा सकारात्मक सन्देश प्रवाह गर्दै आत्मविश्वास आर्जन गर्नुपर्ने आवश्यकता रहेको बताए।
त्यस्तै उनले नेपालका युनिक उत्पादन, सेवा र भएका वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकिएको भन्दैसबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको उल्लेख पनि गरे ।