व्यवसायी अरुण चौधरी पक्राउ

व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौ । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले पक्राउ गरेको हो । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सिआइबीको टोलीले उनलाई आफ्नै निवास लैनचौरबाट पक्राउ गरेको हो ।

चौधरीमाथि बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको आरोप छ ।

Reporter