राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको नजिता स्वभाविक : उपाध्यक्ष पौडेल(भिडियो सहित)

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको नजिता स्वभाविक : उपाध्यक्ष पौडेल(भिडियो सहित)

काठमाडौँ / नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको नजिता स्वभाविक भएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले शुक्रबार तिलोत्तमामा आयोजना गरेको स्वर्गीय परमानन्द खरेल स्मृति खुल्ला फुटसल प्रतियोगीता उद्घाटन गर्दै पौडेलले कोशीमा एमाले ठूलो पार्टी भएको र अन्य सदस्यहरुले पनि मत दिएका कारण कोशीको एक सिटमा एमालेले बिजयी हासिल गरेको भन्दै उक्त नजिता स्वभाविक भएको बताएका हुन् ।

कोशी प्रदेश प्रदेशमात्रै नभइ अन्य प्रदेशमा पनि एमालेको मतभार बढि देखिएकाले जनतामामात्रै नभई जनप्रतिनिधिहरुमाझ पनि एमालेको जनाधार बढ्दै गएको उनले बताए । त्यस्तै उनले वर्तमान सरकार समाजका लागि बोझ बनिसकेकाले वर्हिगमन अहिलको आवश्यकता भएको धारणा पनि राखेका छन् । पौडेलले सरकार परिवर्तनका लागि अहिले नै एमालेले कुनै प्रयास नगरेको र मिशस ८४ बाट एमालेलाई बहुमतका साथ सरकारमा पुराउने दावी गरे ।

खुल्ला फुटसल प्रतियोगीता शनिबार समापन हुने आयोजकले जनाएको छ ।

Reporter