हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – आइतबार नेपाल राष्ट्र बैंकले विदेशीमुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाली बजारमा राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १ सय २० रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ५७ पैसा रहेको छ।

यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८७ पैसा छ। कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै युरो एकको खरिददर १ सय ३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ३३ पैसा रहेको छ। युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १ सय ५८ रुपैयाँ ८८ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ६६ पैसा रहेको छ।


nepal one