राम मन्दिरको यतिबिध्न ‘विज्ञापन’ हुँदा नेपाली नेताले सीतासँग जोडेर भारतसँग सहकार्य गर्न किन अग्रसरता देखाएनन् ?

राम मन्दिरको यतिबिध्न ‘विज्ञापन’ हुँदा नेपाली नेताले सीतासँग जोडेर भारतसँग सहकार्य गर्न किन अग्रसरता देखाएनन् ?

डा. गोविन्दशरण उपाध्याय ।
भारतमा राममन्दिरको उद्घाटन हुँदै गर्दा नेपाली राजनैतिक शक्तिहरू गुफामा पसेका थिए तर स्वतन्त्र भनिने मतियारहरूले नेपाली हिन्दू धर्मावलम्बीहरूलाई ‘सुझाव र विश्लेषण’को घृणावादी चस्मा निर्माण गर्ने प्रयत्न गरे र गरिरहेका छन् । धेरैले यिनको यो बोलीलाई ‘डलरवाद’ भन्दै आलोचना पनि गर्छन् । आज नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हिन्दूहरूलाई धम्क्याउने काम भइरहेको छ । भारतमा राममन्दिरको उद्घाटन भएपछि ‘नेपालको हिन्दूधर्म ‘धर्मनिरपेक्ष’ थियो तर अहिले ‘भारतीय हिन्दू अतिवाद’ले प्रभावित हुन् थालेको छ । अर्थात् नेपाली हिन्दु धर्म ठीक, भारतीय हिन्दु धर्म अनुदारवादी, कम्युनियल, विभेदकारी र अर्कोलाई देखि नसक्ने ।

तथाकथित नेपाली धर्मनिरपेक्षहरूमा ‘नेपाली वैदिक सनातन हिन्दू धर्मप्रति’ सद्भाव पलाएकै हो त ? के उनीहरूले नेपाल सनातन वैदिक संस्कृतिको मौलिक थलो हो भन्ने तत्थ्यलाई स्वीकार गरेका हुन् त ? पटक्कै होइन । नेपाली हिन्दूहरूलाई पनि अंग्रेजले झैं ‘कट्टरपन्थी र उदारवादी’ दूई वर्गमा विभाजन गरेर फुटाउने र राज गर्ने षड्यन्त्र रचेका हुन् ।

भारतमा जे भइरहेको त्यो उसको नितान्त आन्तरिक मामिला हो । आजको राजनैतिक भारतले लगभग ८ औं शताब्दीदेखि बाहिरी आक्रमण खेप्दै आएको हो । सन् १९४७ पछि ‘अंग्रेजको फूटाओ और राजकरो’ भन्ने मनोविज्ञानबाट भारतीय राजनीति मुक्त भएन । विपी कोइराला, कृष्णप्रसाद भट्टराईजस्ता अनेकौं नेपालको प्रमुख पदमा काम गरेका नेताहरू भारतीय स्वतन्त्रता सेनानी थिए भन्ने तत्थ्य जगजाहेर नै छ ।

–नेपाली सनातनीहरूमा राममन्दिरको बाछिटा पर्दा गौरव गर्नुपर्छ । आफ्नो धर्म, संस्कृति, इतिहास र गौरव वारे ‘अनभिज्ञ’ रहेर अन्धकारमय जीवन जिउनु भन्दा कहीबाट देखेर/सिकेर भए पनि मौलिकता जान्नु/बुझ्नु र त्यसको संरक्षणका लागि अग्रसर हुनु धेरै उचित हुन्छ । भारतीय हिन्दू आन्दोलन र त्यसका उपलब्धिहरूलाई ‘अतिवाद’ देख्ने आँखाले नेपाली संस्कृतिलाई धमिराझैं पचाईरहेका मुसाईहरूको ‘कट्टरपन्थी’ व्यबहारको आलोचना किन गर्न सक्दैन ? अल्पसंख्यक हुनुको अर्थ “खाएको थालमा प्वाल“ पार्नु भन्ने हुँदैन । मिलेर, संरक्षण गरेर पनि अर्काको ‘एकलकाटे अत्याचार’लाई ‘अल्पसंख्यक’को अधिकार भन्दै सहने प्रबृत्तिलाई नेपालीहरूले जतिसक्दो चाँडो विदा दिनुपर्छ । त्यसैमा नेपाल, नेपाली र यहाँका रैथाने संस्कृतिको रक्षा हुन्छ ।

भारतमा राजा छैन भन्दैमा नेपालमा पनि राजा हुनुहुँदैन भन्ने तर्कको कुनै औचित्य छैन । विश्वका अधिकांश देशहरू (अमेरिका र जर्मनी) वाहेक संवैधानिक राजतन्त्रहरू छन् । समस्या राजतन्त्र, लोकतन्त्र वा समाजवादको होइन । नेपाली राजनीतिको समस्या ‘नेता–व्यवस्थापन“को हो । भारतीय राममन्दिरको बाछिटाले नेपाली जनताको आँखा खोल्दै छ । धर्मको महलमा ‘हिन्दू’लेख्ने तर भोट दिंदा “कम्युनिस्ट“लाई दिने ‘अज्ञानी’ मानसिकतामा परिवर्तन हुँदैछ । धर्मको महलमा ‘बौद्ध’ लेख्ने तर ‘गुम्वा, मानेहरू’लाई चर्च वा मस्जिदमा परिवर्तन गर्दा रमाइलो मान्ने ‘मानसिकता’मा परिवर्तन हुँदैछ । राजाको वापिसी नेपाली जनताको आन्तरिक मामिला हो तर हिन्दुत्व नेपाली र भारतीयहरूको साझा बुझाई हो ।

भारतीयहरूको नक्कल गरेर नेपाली राजनैतिक शक्तिहरूले प्रचण्ड बहुमत भएका हिन्दुहरूको निरन्तर मान मर्दन गरिरहेको छन् । बहुसंख्यक त्यसमा पनि हिन्दूहुनुको अर्थ – साम्यवादी, समाजवादी, नास्तिक, इसाई. मुस्लिम, अम्बेदकर ब्राण्डका घृणावादी नक्कली बौद्ध, आदिवासी–जनजातिको आवरणमा राजनीति गर्ने इसाई सबैको ‘आलोचनाको वस्तु’ बन्नु परेको छ । हिन्दूले सबैको आलोचना, थिचोमिचो तथा आक्रमण सहनु पर्ने भाष्य रचिन्छ तर हिन्दूहरूले प्रत्याक्रमणमा एकशब्द बोल्यो भने पनि साझा आलोचनाको तारो बन्छ । नेपालका धर्मनिरपेक्षवादी, तिनका विदेशी ‘प्रभु’ सबै मिलेर हिन्दूको खैरो खन्छन् । नेपालमा साम्यवाद, समाजवाद, उदारतावाद तथा घृणावादको ककलेटबाट कट्टरपन्थी धर्मनिरपेक्षतावाद जन्मिएको छ जहाँ हिन्दूहरूलाई नियोजित रूपमा बहिष्कार गरिन्छ ।

अल्पसंख्यक नाममा मुसलमानहरूले ‘मुस्लिम आयोग’ पाएका छन् । ‘आदिवासी जनजाति आयोग’का छद्म नाममा इसाईहरूले पनि सरकारी आरक्षण प्राप्त गरेका छन् तर हिन्दुहरूले आफ्नै आराध्यदेव पशुपति नाथ, जानकी मन्दिरको शुद्ध आयस्था पनि ‘धर्मनिरपेक्षताको रक्षा गर्न’ सरकारलाई बुझाउन बाध्य पारिएको छ । सत्य त् के हो भने नेपाली बहुसंख्यक हिन्दूले नेपालमात्र होइन विदेशमा रहंदा पनि ‘अल्पमत’को अपमान गरेको इतिहास छैन । बङ्गालदेखि काठमाण्डु उपत्यकामा आएर पशुपतिनाथको मन्दिर जलाउने कुनै हिन्दू थिएन र यदि आजको मितिमा राउटेहरूका झोपडीका अगाडी ‘भव्यचर्च’ गरेर राउटेको पहिचान मेट्ने पनि हिन्दू होइनन् ।

राममन्दिर कुनै लहट होइन । यो निरन्तर सङ्घर्ष र आत्मगौरवले ठड्याएको भव्य ‘हिन्दू–प्रतिक’ हो । भारतीय जनता पार्टीसँग पूर्ण असहमत हुनेले पनि राम मन्दिरको आलोचना गर्न सक्दैनन् । यदि तथाकथित नेपाली धर्मनिरपेक्षतावादीहरूका लागि ‘राम मन्दिर’ अल्पसंख्यकहरूप्रति ‘डर’ हो भने कुनै बखत पूर्णतया हिन्दू र बौद्ध पहिचान बोकेका पाकिस्तान, अफगानिस्तान, इन्डोनेसिया र बंगलादेशबाट आफ्नो अस्तित्व गुमाएका हिन्दूहरूका लागि पनि न्यायको आवाज उठ्नुपर्छ । इतिहास भनेर पन्छिन मिल्दैन भने अर्कोतिर नेपाली राजनैतिक पार्टीहरूले दिल्लीमा भेटेर गरेको र त्यहींबाट बोकेर नेपाली राजनीतिमा थोपरिएको ‘१२ बूँदे’का बूँदहरू आफ्नै श्रोततिर फर्किनु पर्छ ।

भारतले अयोध्यामा राममन्दिरको उद्घाटन गरेर हिन्दूहरूको स्वाभिमान जगाएको छ । त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘हिन्दू–गौरव’लाई कुनै छलछाम नगरी आफैं सङ्लग्न आफ्नो वर्गीय जागरणका लागि उत्साहित गरेका छन् । साथै, मोदीले जसरी राममन्दिरको विज्ञापन गरेका छन्, त्यो विज्ञापनका कारण लाखौंलाख नेपालीहरू पनि ‘अर्थ’ बोकेर भारतीय धार्मिक पर्यटनको अर्थतन्त्रलाई सघाउँन त्यहाँ पुग्ने छन् । हामी नेपालीहरूको दुर्भाग्य भन्नुपर्छ, मिथिलावासीहरूको दुर्भाग्य नै भन्नुपर्छ, जनकपुर वासीको भाग्यमा प्वाल परेको भन्नुपर्छ कुनै पनि नेपाली नेताले राममन्दिरको यतिबिध्न ‘विज्ञापन’ हुँदा सीतासंग जोडेर भारतसँग सहकार्य गर्न अग्रसरता देखाएनन् ।

धार्मिक प्रर्यटनको महत्व बुझेर पनि “समाजवाद“को साँघुरो घेरा र कठमुल्ला प्रगतिवादको दम्भमा थुनिएर नेपाली नेतृत्वले रामको स्वागत गर्न सकेन । स्वाभाविक रूपमा उप्रान्त नेपालीहरू जगतले आफ्नो ऊद्धारकर्ता अर्को पृथ्वीनारायण शाह खोज्ने छ । जसले नेपाली धर्मनिरपेक्षतावादी, समाजवादी तथा प्रगतिवादी कठमुल्लाहरूबाट नेपाल र नेपालीलाई उन्मुक्ति दिने छन् । आफ्नो धर्म, संस्कृति, इतिहास र गौरवशाली परम्परालाई नकार्ने र विदेशी प्रतिमानहरूलाई स्वागत गर्ने प्रवृत्तिको अन्त्य गर्ने छ ।

Reporter