मलाइका चढेको गाडी दुई गाडीसँग ठोक्कियो, चोट लागेपछि अपोलो अस्पताल लगियो

मलाइका चढेको गाडी दुई गाडीसँग ठोक्कियो, चोट लागेपछि अपोलो अस्पताल लगियो

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोडा दुर्घटनामा परेकी छिन् । भारतिय मिडियाका अनुसार उनको गाडी र अन्य दुई गाडी एकआपसमा ठोक्किएका हुन् ।

गाडी दुर्घटना हुँदा गाडी भित्रै रहेकी मलाइकालाई हल्का चोट लागेको बताइएको छ । अल्का घाइते भएकी मलाइकालाई अपोलो अस्पताल लगिएको बताइएको छ ।

चोट लागेको स्थानमा टाँका लगाइएको छ ।अहिले उनको अवस्था सामान्य रहेको छ । प्रहरीले यस घटनालाई लिएर अनुसन्धान गरिरहेको छ ।

nepal one