भुटानले नेपाललाई दियो ६६ रनको लक्ष्य

भुटानले नेपाललाई दियो ६६ रनको लक्ष्य

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपअन्तर्गत भुटानले नेपाललाई ६६ रनको लक्ष्य दिएको छ । आइतबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमामएर ६५ रन जोड्यो ।

भुटानका लागि ओपनर नवाङ छोडेनले नेपालकी कप्तान इन्दू बर्माबाट बोल्ड हुनुअघि ५० बलमा २५ रन जोडिन् । यस्तै छिरिङ जाङमोले १६ रन र डेचेन वाङमोले १७ रन जोडे । नेपालका कप्तान इन्दूसहित कविता कुँवर, सीता रानामगर र कविता जोशीले १–१ विकेट लिए ।

समूह ’डी’ मा रहेको नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले समूहको अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ। समूहका शीर्ष दुई टिम क्वार्टरफाइनलमा पुग्नेछन्।

Reporter