समिक्षा अधिकारीको आवाजमा नयाँ गित ‘धोका’ सार्वजनिक

रमेश बि.क.रसाईली / काठमाडौं
गायिका समिक्षा अधिकारीको आवाजमा नयाँ गित ‘धोका’ सार्वजनिक भएको छ । आर. के. परियार र विनोद सुनामको संयुक्त रचनामा तयार पारिएको यस गीतमा ऋषि खड्काको सङ्गीत, विशाल निरौलाको सङ्गीत संयोजन र कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको छ ।

गितलाई गौरव गिरीले निर्देशन गरेका हुन् भने भिडियो छायाँकन सन्तोष तामाङ (साउथ) ले गरेका हुन् । भिडियोमा मिलन विश्वकर्माको सम्पादन रहेको छ । गितमा आर.के. परियार,अनुजा सिंह र मिशेल घिमिरेको अभिनय रहेको भिडियोेमा त्रिकोणत्मक प्रेम कथा प्रस्तुत गरीएको छ । ‘धोका’ गितको भिडियोलाई मोडल आर. के. कै अफिसियल युट्युब च्यानलबाट प्रसारण गरीएको हो ।

Reporter