पाल्पामा जिप दुर्घटना, ८ जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना, ८ जनाको मृत्यु

बुटवल । पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । तिनाउ गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टोमबहादुर पुनका अनुसार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य गम्भीर अवस्थाका घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

पाल्पाको तिनाउ गाउपालिका डुम्म्रेबाट वडा नम्बर ६ शिखरडाँडा गइरहेको जिप दुर्घटना भएको हो । जिप सडकबाट ४० मिटर तल खसेको छ । जिल्ला टाफिक प्रहरी कार्यालय पाल्पाका अनुसार यात्रुहरु बोकेर तिनाउ गाउपालिका ६ चिदिक जाँदै गरेको लुख १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा आफूहरु उद्धारमा रहेको र मानवीय क्षतिकाबारेमा बुझ्दै गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक राजकुमार चापागाईले बताए । वडा अध्यक्ष पुनका अनुसार विद्यालय बिदा भएर श्रीपञ्चमीको पुजाका लागि आएका विद्यार्थी र बाहिरबाट आएका पाहुनाहरु दुर्घटनामा परेका हुन् ।

Reporter