पाल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

50 Shares

पाल्पा । पाल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दश पुगेको छ । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार साँझ तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा तिनाउ–६ मस्यामकी ६० वर्षीया यमकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपाल रहेका डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको छ । घाइते १७ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

सबै