दक्षिण कोरियाका चिकित्सक हड्तालमा

3 Shares

बीबीसी । दक्षिण कोरियाको सरकारले बिहीबारदेखि काममा नफर्किए हडताल गरिरहेका हजारौँ कनिष्ठ चिकित्सकहरूलाई पक्राउ गर्ने र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।

दक्षिण कोरियामा झन्डै तीनचौथाइ कनिष्ठ चिकित्सकहरू गत सातादेखि काममा गएका छैनन् । उनीहरूको आन्दोलनका कारण ठूला शिक्षण अस्पतालहरूमा सेवा प्रभावित भएको छ । स्वास्थ्यप्रणालीमा चिकित्सकहरूको सङ्ख्या बढाउन विश्वविद्यालयहरूमा चिकित्साशास्त्रमा थप विद्यार्थीहरू भर्ना लिने सरकारको योजनाको विरोधमा प्रशिक्षार्थी चिकित्सकहरूले हडताल गरेका हुन् ।

अन्य विकसित देशहरूको तुलनामा दक्षिण कोरियामा बिरामीको अनुपातमा चिकित्सकको निकै एकदम थोरै छ। न्यून सङ्ख्या र पाका उमेरका मानिसको बढ्दो जनसङ्ख्याका कारणले एक दशकपछि त्यहाँ चिकित्सकहरूको ठूलो अभाव हुन सक्ने सरकारको तर्क छ ।

यो साता सोलस्थित सेन्ट मेरिज अस्पताल निकै खाली देखियो। त्यसले भविष्य कस्तो हुन्छ भन्ने झल्को दिएको छ। त्यहाँ बिरामीहरूलाई नआउन सूचित गरिएको थियो । दक्षिण कोरियामा चिकित्सकहरूको पारिश्रमिक तुलनात्मक रूपमा उच्च छ ।

दक्षिण कोरियामा धेरै स्वास्थ्यसंस्थाहरू निजी भए पनि सस्ता छन्। तर देशमा आकस्मिक, जीवनरक्षा गर्ने शल्यक्रिया तथा विशेषज्ञ उपचारको शुल्क निकै कम निर्धारण गरिएको र कस्मेटिकजस्ता कम आवश्यक उपचारहरूमा धेरै पैसा भएको आन्दोलनरत चिकित्सकहरूको गुनासो छ।

सम्बन्धित समाचार

सबै