फेरि गणतन्त्र र संविधान उल्ट्याएर देशलाई निरंकुशतातर्फ लैजाने प्रयास भइरहेको छ – प्रचण्ड

काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि देशलाई निरंकुशतातर्फ लैजाने प्रयास भइरहेको बताएका छन् । महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले सो कुरा गरेका हुन् । उनले जुन उद्देश्यले गठबन्धन गरिएको थियो, त्यो कायमै रहेको उनको भनाई छ ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा अहिले गठबन्धनबीच तालमेल गर्ने वा नगर्ने भनी बहस चलिरहेको छ । यसैबीच प्रचण्डले आइतबारको कार्यक्रममा गठबन्धन कायमै रहने बताएका हुन् ।
उनले भने – ‘संविधानको रक्षा गर्ने, गणतन्त्र र लोकतन्त्रको रक्षा गर्ने र राष्ट्रिय स्वाधीनता र राष्ट्रियताको रक्षा गर्ने भनेर हामीले गठबन्धन बनाएको हो ।’ ‘फेरि गणतन्त्र, संविधान उल्ट्याएर निरंकुशतातर्फ लगी देशलाई फेरि अराजकतातर्फ लैजाने प्रयास भइरहेको उनले बताए ।