नेपालमा थप २३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?
काठमाडौं – नेपालमा थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले देशभर ३५ हजार ८ सय ४७ पिसिआर परीक्षण गर्दा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आज कोरोनाका कारण थप ६६ जना निको भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनाबाटमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ६ सय २५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने अब सक्रिय संक्रमित ८ सय ९९ रहेको मन्त्रालयले जनाएको छ ।