फेरि एउटै फिल्ममा रोमान्स गर्दै बेनिशा र सौगात

काठमाडौं – अभिनेता सौगात मल्ल पछिल्लो समयनयाँ फिल्महरुमा जोडिरहेका छन् । उनी अब मन्त्र, लाखे, २ नम्बरी लगायतका फिल्ममा देखिदैछन् । व्यस्थ अभिनेताको रुपमा चिनिने सौगात फेरि फिल्म ‘सिटामोल’ मा पनि जोडिएका छन् ।

राजबहादुर सानेको निर्देशनमा बन्ने यस फिल्ममा उनले बेनिशा हमालसँग जोडी बाध्ने भएका छन् । यसअघि पनि यी दुईले फिल्म झ्यानाकुटी मा एकसाथ काम गरेका थिए । यस फिल्मको पट्कथा प्रदीप भारद्वाजले तयार पारेका छन् ।

फिल्ममा समाजमा घटिरहेको वास्तविक घटना देखाइने भएको छ । जेठ अन्तिमबाट छायांकनमा जाने तयारीमा रहेको यस फिल्मको पर्खाइमा धेरै दर्शकहरु रहेका छन् ।

nepal one