बक्सिङ च्याम्पियनसिपमा भुपेन्द्र पराजित

काठमाडौं – थाइल्यान्डको फुकेटमा यहि अप्रिल १ देखि १० तारिखसम्म सञ्चालन भइरहेको थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपको आज भएको पुरुष ६३ केजी तौलसमुहमा नेपालका भुपेन्द्र थापा भियतनामका भू ताहना दत्तसंग अंकको आधारमा पराजित भएका छन् ।
अब चार नेपाली महिला खेलाडीहरुको खेल बाँकी रहेको छ । पुनम रावल बाइ पाएर सेमिफाइनलमा प्रवेश गरी कास्य पदक पक्का गरेकी छन् । पुनमले अप्रिल ५ मा हुने सिंगापुर र फिलिपिन्सबीचको विजेतासंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छिन् ।
महिला केजीमा नेपालकी सुस्मा तामाङ र इटालीकी रोबेरता बोनात्तीसंग अप्रिल ४ मा क्वाटरफाइनलको प्रतिष्पर्धा हुने छ । महिला ५१ केजीमा नेपालकी मिनु गुरुङले पनि बाई पाएर क्वार्टरफाईनलमा प्रवेश गरेकी छन् । अप्रिल ५ मा मिनुको प्रतिस्पर्धा थाइल्यान्ड र भारतबीचको खेलको विजेतासंग हुने छ ।