जनतामा परेको प्रभावले एमाले फुटेको छैन, बुढा पातहरु झर्छन् – विष्णु पौडेल

जनतामा परेको प्रभावले एमाले फुटेको छैन, बुढा पातहरु झर्छन् – विष्णु पौडेल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीले एक्लै चुनाव लड्न सक्ने दावी गरेका छन् । एक कार्यक्रममा बोल्दै नेता पौडेलले आगामी स्थानीय तह निर्वाचनमा माओवादीसँग तालमल नगर्ने पनि बताए ।

एमाले र माओवादीले आगामी निर्वाचनमा चुनावी तालेमल गर्ने समाचार बाहिर आएपछि नेता पौडेलले सो कुरा गरेका हुन् । उनले स्थानीय मात्र होइन, प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमालेले माओवादी केन्द्रसँग तालमेल नगर्ने स्पष्ट पारे ।

पार्टी फुटेको नभई पार्टीको सुकेको बोक्रा उप्केको उनको भनाई छ । उनले भने – ‘रुखमा सुकेका बोक्राहरु उप्किछन् । बुढा पातहरु झर्छन् । त्यस्ता मात्रै हो । विचार, संगठन र जनतामा परेको प्रभावका हिसाबले नेकपा एमाले फुटेको छैन ।’

nepal one