सिन्धुपाल्चोकमा ग्याँस सिलिन्डर पड्किँयो, ३ बालबालिकाको मृत्यु

सिन्धुपाल्चोकमा ग्याँस सिलिन्डर पड्किँयो, ३ बालबालिकाको मृत्यु

काठमाडौं – सिन्धुपाल्चोकमा ग्याँस सिलिन्डर पड्किँदा आगालागी भएर ३ बालबालिकाको मृत्यु भएको छ । आइतबार साझँ साढे ६ बजेतिर बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा रहेको एक घरमा ग्यास सिलिन्डर पड्किँएको हो ।

स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने ग्यास पड्किएर आगालागी भएको र तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्यास पड्केर मृत्यु हुनेमा १० वर्षीय इशाक तामाङ, ६ वर्षीय सरगम तामाङ र साढे २ वर्षीया दिव्या तामाङ रहेका छन् । ग्यास लिक भएर पड्किएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

nepal one