बर्षमान र रेखासँग बाबुराम भट्टराईको जम्काभेट, ‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर

बर्षमान र रेखासँग बाबुराम भट्टराईको जम्काभेट, ‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरुसँग भेट भएको जानकारी दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत भट्टराईले एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू बर्षमान पुन र रेखा थापासॅग आफ्नो जम्काभेट भएको बताएका छन् ।

उनले पहिले एकैठाउँमा भएको अहिले तीनतिर हुन पुगिएको बताएका छन् । ‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर हुँदा हाँसो उठेको उनले बताएका छन् ।

उनले भनेका छन् – ‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू बर्षमान पुन र रेखा थापासॅग जम्काभेट ! ‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो!

अभिनेत्री रेखाले पनि सामाजिक सञ्जालमा आफूहरुबीच भएको भेटका तस्बिर राखेकी छिन् । उनले भैरहवा जाँदै भनेर लेखेकी छिन् ।

nepal one