नेपालका ऐरी टी–२० क्रिकेट अलराउन्डरको वरीयताको शीर्ष १० भित्र

40 Shares

काठमाडौ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र परेका छन् । उनी एक स्थान माथि उक्लदै दशौं स्थानमा पुगेका हुन् । अलराउन्डर वरीयताको शीर्ष स्थानमा भने बंगलादेशका शकिब अल हशन छन् । दोस्रो स्थानमा श्रीलंकाका विनन्दु हर्षरंगा, तेस्रो स्थानमा अफगानिस्तानका मोहमद नाबी, चौथो स्थामा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा दक्षिण अफ्रिका एडिन मक्रम, छैटौं स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, सातौं स्थानमा भारतका हार्दिक पाण्ड्या, आठौं र नवौं स्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन र मोइन अली छन्।

दशौं स्थानमा रहेका नेपालका दीपेन्द्रले पाकिस्तानका शादब खानलाई पछि पारेका हुन् । अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२ औं, गुल्सन झा ६० औं, रोहित पौडेल ६५ औं र करण केसी ७४औं स्थानमा छन् ।

सम्बन्धित समाचार

सबै