सन्दीपले पाए सफाई

42 Shares

काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । उनलाई जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्च अदालतले निर्दोष ठहर गरेको हो । जिल्ला अदालत काठमाडौले भने सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेका हुन् ।

जिल्ला अदालतले दोषी देखाएपछि नेपाल क्रिकेट संघले लामिछानेलाई निलम्बन गरेको थियो । उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी–२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।

सम्बन्धित समाचार

सबै