आमा बनिन् चर्चित हाँस्यकलाकार भारती सिंह
काठमाडौं – भारतकी चर्चित हाँस्यकलाकार भारती सिंह आमा बनेकी छिन् । आइतबार आफुहरु छोराको आमाबुबा बनेको बारे भारती र उनका श्रीमान् हर्ष लिम्बाचियाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । हर्षले भारतीसँगको एउटा सुन्दर तस्बिर शेयर गर्दै लेखेका छन् ‘इट्स अ बोय
छोरा जन्माएकी आफ्नी पत्निलाई अस्पताल लगेदेखि हर्ष सबै काम धन्दा छाडेर भारतीकै रेखदेखमा खटिएका छन् । भारती र हर्षले पाँच वर्ष अगाडि विवाह गरेका थिए । भारती हर्षभन्दा ७ वर्ष जेठी रहेकी छिन् ।