हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५८ पैसा र बिक्री दर १२१ रुपैयाँ १८ पैसा कायम गरेको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ६२ पैसा र बिक्री दर ९१ रुपैयाँ ६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ९६ पैसा छ ।
युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १२१रुपैयाँ १८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ १५ पैसा र बिक्री दर १५८ रुपैयाँ ९३ पैसा छ ।