हाँस्य कलाकार शिवहरी पौडेलको फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक
काठमाडौं – फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ । हाँस्य कलाकार शिवहरी पौडेलको निर्देशनमा बनेको यस फिल्मको ट्रेलर मंगलबार युट्युबमा सार्वजनिक भएको हो ।
ट्रेलरमा अधवैंसे पुस्ता र तन्नेरी पुस्ताबीचको कथालाई देखाइएको छ । बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा धेरै चर्चित कलाकारहरुको अभिनय रहेको छ ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरी पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ ।