काठमाडौं महानगरपालिकाको मेयरमा उठ्दै भुवन केसी

काठमाडौं महानगरपालिकाको मेयरमा उठ्दै भुवन केसी

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने भएका छन् ।

कलाकारिता क्षेत्रमा राम्रो छबि बनाएका भुवनले काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गर्दै आइरहेका थिए । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सकेसम्म ठूलो दलबाट मेयरको उम्मेदवार बन्ने तयारीमा उनी रहेका थिए ।

विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग नजिक रहेका उनी पछि नेकपा एमालेसँग पनि नजिक भएका थिए । उनले काठमाडौं महानगरपालिकाको मेयरमा उठ्न राम्रो दलको खोजीमा रहेका थिए । तर उनलाई उन्नत लोकतन्त्र पार्टीले काठमाडौं महानगरको मेयरमा उठाउने निर्णय गरेको छ ।

मंगलबार बसेको यस पार्टीको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

nepal one