बिरामी भएका लोसपाका अध्यक्ष ठाकुरलाई काठमाडौं ल्याइयो

बिरामी भएका लोसपाका अध्यक्ष ठाकुरलाई काठमाडौं ल्याइयो

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या देखिएको छ । ज्वरो आउने र छाती दुख्ने समस्या देखिएपछि उनलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार बिहान भैरहवाको भीम अस्पताल लगिएको थियो । उनको थप उपचारको लागि बुधबार नै हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

nepal one