कुनै पनि उद्योगमा लोडसेडिङ छैन – कुलमान घिसिङ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेको छ । बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पारे ।
केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उनको भनाइ छ ।
‘अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन,अपर्झट आएको समस्या हो, त्यो एक/दुई दिनमा समाधान भयो,’ उनले भने । विद्युत्को खपत बढाउन उद्योगको थप ६०० मेगावाट डिमान्ड स्वीकृति गरिएको उनले बताए ।