माओवादीका नेता काफ्लेको माडीको नगरप्रमुख पदमा उम्मेदवारी दावी

माओवादीका नेता काफ्लेको माडीको नगरप्रमुख पदमा उम्मेदवारी दावी

चितवन – नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ऋषिराम काफ्लेले माडीको नगर प्रमुख पदमा उम्मेदवारी दावी गरेका छन् । हालै शिक्षण सेवा छाडेका नेता काफ्लेले त्यहाँको स्थानीय रेडियो स्वदेश एफएमसँग कुरा गर्दै माडी नगर प्रमुख पदमा आफ्नो उम्मेदवारी दावी रहेको बताए ।

उनले माडीलाई देशकै नमुना नगरपालिका बनाउने आफ्नो सपना रहेको बताएका छन् । माओवादी केन्द्र कार्यकर्तामा आधारित पार्टी रहेकोले उम्मेदवारको आकंक्षी धेरै हुनु स्वभाविक भएको उनले बताए ।

नेता काफ्ले माडीमा भएका हरेक विकाश निर्माणका काममा पार्टीको योजनामै नगरप्रमुख ठाकुर प्रसाद ढकाल मार्फत अगाडि बढेको बताए । काफ्लेले लामो समयदेखि राजनीतिमा लागेर माडीको विभिन्न क्षेत्रको विकाशमा योगदान पुर्याउदै आएका छन् ।

nepal one