फिल्म ‘ए मेरो हजुर ४’ मा र्यापर जी बबको इन्ट्री, दुर्गेशको गीत हटाएर उनको राखिने

काठमाडौं – झराना थापाको निर्देशनमा बनेको फिल्म ’ए मेरो हजुर ४’ मा चर्चित र्यापर जी बब अर्थात सुदिप भण्डारी इन्ट्रि गरेका छन् ।
पछिल्लो समय एक र्यापपछि चर्चामा आएका उनले फिल्ममा गीत गाउने भएका हुन् । फिल्ममा उनकै स्वर, शब्द तथा संगीत रहेको गीत राखिने भएको हो।
फिल्ममा गायक दुर्गेश थापाको गीत हटाएर जी बबको गीत राखिने भएको बताइएको छ । सुनिलकुमार थापा निर्माता रहेको यस फिल्ममा अनमोल, सुहाना, सलोन, रेयर राई लगायतका कलाकारको अभिनय रहेको छ ।