मन्त्रिपरिषद् बैठक : २० देशका लागि राजदूत नियुक्ति सिफारिस

मन्त्रिपरिषद् बैठक : २० देशका लागि राजदूत नियुक्ति सिफारिस

काठमाडौं – सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए । स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।

nepal one