काठमाडौं – नेपाल टेलिकमको प्रबन्ध निर्देशकको जिम्मेवारी सुनिल पौडेलले पाएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक रहेका उनलाई अहिले टेलिकमको प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो ।

टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेल नाम सिफारिस गरिए पनि पौडेललाई यसमा नियुक्त गरिएको हो ।