प्रचण्डमाथि महेश बस्नेतको व्यंग्य : चुनावमा बाबु छोरी मिलेर आएपनि साइजमा राख्छौं

प्रचण्डमाथि महेश बस्नेतको व्यंग्य : चुनावमा बाबु छोरी मिलेर आएपनि साइजमा राख्छौं

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले केपी ओलीप्रति जनलहर बढीरहेको बताएका छन् । बिहिबार राष्ट्रिय युवा संघ नेपाल गैंडाकोटको नगर कमिटीको चौंथो नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले सो कुरा गरेका हुन् ।

चिसो भनेकै कोकाकोला जस्तै नेता भनेकै केपी ओली भन्ने भएको भन्दै उनले स्थानीय चुनाव र त्यसपछिका प्रदेश तथा संसदीय चुनावमा एमालेकै पल्लाभारी हुने दाबी गरे ।

जनताका बा केपी ओली भएको भन्दै प्रचण्ड छोरीको चिन्तामा चितवन धाइरहेको पनि उनले बताए । रेनुका बा प्रचण्डलाई जनताका बा केपी ओलीले हराउने पनि उनले बताए ।

स्थानीय चुनावमा नेकपा एमाले एक्लै लड्न सक्षम रहेको र आवश्यकता अनुसार अन्य साना दलहरुसंग मिल्न सकिने बताए । कम्युनिष्टहरुको एकता भांडेर कांग्रेससंग मिल्न गएबाट प्रचण्ड र माधव नेपालको राजनीतिक यात्रा ओरालो लागेको उनको भनाई छ । कार्यक्रमशुरु हुनुअघि युवा संघ गैंडाकोटले बृहत मोटरसाईकल र्याली निकालेर नेता बस्नेतलाई स्वागत गरेको थियो ।

यस्तै भरतपुर विमानस्थलमा पनि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता बस्नेतले गठबन्धनलाई धम्क्याउन प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजेको तर त्यो सजिलो नभएको बताए ।छोरीलाई मेयर र बाबुलाई सांसद बनाएर नेपाली कांग्रेस नारायणी नदीमा क्रुजसिप चढ्न खोजेको भनि उनले व्यंग्य गरे । गठबन्धनलाई धम्काउन एमालेलाई प्रयोग गर्न सजिलो नभएको भन्दै उनले चुनावमा बाबु छोरी मिलेर आएपनि साइजमा राख्ने बताए ।

nepal one