हमासद्वारा तीन बन्धक रिहा

53 Shares

बीबीसी । हमासले पहिलो चरणमा आइतबार गाजामा तीनजना बन्धक रेडक्रसलाई बुझाएको छ । यसअघि रिहा गरिने ती महिला बन्धकको नाम सार्वजनिक गरेपछि केही ढिलो गरी गाजामा युद्धविराम सुरु भएको थियो ।

यसको बदलामा इजरायलले ९० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नुपर्ने हमासले जनाएको छ । यसैबीच इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्रीसहित दुई अन्य मन्त्रीले गाजा युद्धविराम सम्झौताको विरोध गर्दै सरकारबाट राजीनामा दिएका छन् ।

हमासले रिहा गर्ने महिलाहरूको सूचीमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ ।

रिहा हुने बन्धकहरू डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेन भएको जनाइएको छ । हजारौँको सङ्ख्यामा विस्थापित गाजाका मानिसहरू त्रिपाल, लुगाफाटा र सरसामानसहित आफ्नो पुरानो घर भएको ठाउँ फर्किरहेका छन्।

जसक्रममा बालबालिकासहितका धेरैजसो परिवारहरू टाँगा, कार, ट्रकको प्रयोग गरेका छन् भने कोही पैदल नै घर फर्कँदै छन् ।

दक्षिणी सहर खान यूनिसमा हमासका लडाकुहरू निस्कँदा त्यहाँ मानिसहरूको भिडले नाराबाजीसहित उनीहरूलाई स्वागत गरेको थियो।

सम्बन्धित समाचार

सबै