सुनको मूल्य तोलाको एक लाख ६० हजार 

42 Shares

काठमाडौँ । सुनको मूल्य बुधबार प्रतितोला एक लाख ६० हजार रुपैयाँ पुगेको छ ।

मङ्गलबार प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला  एक हजार नौ सयले बढेर  एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला  एक हजार आठ सय ९५ मा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।

सम्बन्धित समाचार

सबै