मेवा खानुका यस्ता छन् फाइदै फाइदा

काठमाडौं – मेवालाई फलफुलको राजा मानिने गरिन्छ । वाको रुखको प्रत्येक भागमा पनि कुनै न कुनै औषधिय गुण हुन्छ । त्यसैले मेवालाई फलको राजा भनिएको बताइएको छ ।
मेवाको सेवनले हाम्रो स्वास्थ्यको लागि धेरै नै फाइदा गर्छ। यसमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता लवणका साथै कार्बोहाइड्रेट, भिटामिन र फाइबर प्रशस्त पाइन्छ । मेवामा फाइबर, भिटामिन र एन्टी आक्सीडेन्टको प्रचुर मात्रा रहेको हुन्छ, जसले रक्त शिरामा कोलेस्ट्रोल बन्न दिदैँन ।
महिनावारी अनियमित हुने महिलाहरुका लगी मेवा निकै राम्रो हुन्छ । हरेक दिन २ सय ५० ग्राम मेवा खानाले महिनावारि नियमित हुन थाल्छ।मेवाको रसमा टमाटरको रस मिसाएर पिउनाले कब्जियत समस्या हट्छ ।
मेवाको सेवनले यौनक्षमतामा समेत वृद्धि गर्छ । वाको लेदो बनाएर अनुहारमा दल्नाले मुखको चाउरीपन पनि हट्छ । आफ्नो तौल घटाउन मन छ भने पनि मेवा खानु राम्रो हुन्छ । मधुमेह भएका बिरामीले मेवा खानु धेरै राम्रो हुन्छ ।
मधुमेह भएका बिरामीले चिनी छोड्न पर्ने भएकाहरुलाई मेवा अत्यन्त महत्वपूर्ण हुनसक्छ ।प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ ।