प्रसाईँका कामले जनतामा सकारात्मक छाप, चुनावमा लिङ्देनलाई पछि पार्दै बाजी मार्ने अड्कल

प्रसाईँका कामले जनतामा सकारात्मक छाप, चुनावमा लिङ्देनलाई पछि पार्दै बाजी मार्ने अड्कल

काठमाडौं – स्थानीय तहको चुनाव नजिकिँएसँगै अहिले राजनीतिक दलहरु चुनावी अभियानमा व्यस्त छन् । चुनावमा आफ्नो भोट सुरक्षित गर्न नेताहरु गाउँगाउँ पुगिरहेका छन् ।

सबै दलहरु आआफ्नो तरिकाबाट जनतालाई खुशी बनाउन लागिपरिरहदा नेकपा एमालेले पनि आफ्ना नेता कार्यकर्ताहरुको सक्रियता बढाएको छ । स्थानीय निर्वाचनसँगै संसदीय निर्वाचनका लागि पनि एमालेका नेता कार्यकर्ताहरु सक्रिय रहेको पनि देखिएको छ ।

अहिलेको चुनावमा झापालाई बिषेश महत्वका साथ हेरिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली, एमालेकै केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु यही स्थानबाट चुनाव लड्दैछन् ।

मेडिकल व्यवसायी प्रसाईं पनि झापाको क्षेत्र नं. ३ बाट उठ्ने बताइएको छ । यसै कारण प्रसाई अहिले आफ्नो क्षेत्रको विकाशका कामहरु जोडतोडका साथ अगाडि बढाइरहेका छन् ।

प्रसाईँ आफ्नो राजनीतिक गतिविधि अगाडी बढाइरहदा आउँदो चुनावमा सोही क्षेत्रबाट उठ्ने तयारीमा रहेका राप्रपाका अध्यक्ष लिङ्देन र कांग्रेसका नेता कृष्ण सिटौलालाई गाह्रो पर्ने देखिन्छ । यसअघि सोही क्षेत्रमा एमालेको समर्थनमा लिङ्देनले सिटौलालाई हराएका थिए ।

अहिलेको प्रसाईको सक्रियता हेर्दा यस क्षेत्रमा उनले नै बाजी मार्ने पनि देखिन्छ । किनकी उनका लोकप्रिय गतिविधिले अहिले त्यहाँका जनताहरुले आफ्नो क्षेत्रलाई प्रसाईले नै राम्रो गर्ने बताउदै आइरहेका छन् ।

nepal one