महत्वपूर्ण सूचना चुहाएको भन्दै गभर्नर अधिकारी निलम्बित

महत्वपूर्ण सूचना चुहाएको भन्दै गभर्नर अधिकारी निलम्बित

काठमाडौं – महत्वपूर्ण सूचना चुहाएको भन्दै सरकारले गभर्नर महाप्रसाद अधिकारी निलम्बन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उनीमाथि विभिन्न आरोप लगाउँदै छानबिन गर्ने निर्णय गरेको थियो ।

लासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशन चुहाएको भन्दै छानबिनको लागि बैठकले समिति पनि गठन गरेको थियो । अब अधिकारी निलम्बनपछि उनको कार्यबाहकको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानाले सम्हाल्नेछन् ।

मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ ।

nepal one