“प्रचण्ड, माधव र देउवालाई हराउन कम्मर कसेर लागेका ओलीको बढ्यो दौडधुप, एकै दिन चार कार्यक्रम”

काठमाडौं, २६ चैत- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दैछन् ।बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने छन् ।काठमाडौं उपत्यकामा हुने यी दुई कार्यक्रमपछि भने अध्यक्ष ओली आजै पर्वत र बाग्लुङ जानेछन् । जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन उनले सम्बोधन गर्नेछन् ।