गर्भनर निलम्बन कटुवाल प्रकरणपछि अर्को गम्भीर भुल : एमाले महासचिव

काठमाडौं, २६ चैत-नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई पूर्व प्रधानसेनापति रुक्माङगत कटुवाल प्रकरणसँग जोडेका छन् ।तत्कालिन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारवाट बाहिरिनु परेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले सो टिप्पणी गरेका हुन् ।
‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्वन,’ पोखरेलका छोटो प्रतिक्रिया छ, ‘अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफै हुन् ।’ गर्भनर अधिकारीलाई बिहीबारको मन्त्रीपरिषद् बैठकले नै निलम्बन गरे पनि सरकारले सनिवारमात्रै सार्वजनिक गरेको हो ।