फेरि एक लाख नाघ्यो सुनको मूल्य

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ८ सय रुपैले बढेर तोलामा एक लाख ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।